Harsamaya
दुई युवाले चिरे ईभी गाडीहरू छोटो दूरीको लागि मात्र हो भन्ने मान्यता

काठमाडौं - विजयराम कशजु र अवशेष प्रसाद ओझाले कर्भ ईभी एसयूभी कुपेमा ६७०० किलो मिटर यात्रा गरेर नयाँ रेकर्ड बनाएका छन् ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले काठमाडौंदेखि कन्याकुमारी ड्राइभ गरेर ६७०० किलो मिटरको यात्राको नयाँ रेकर्ड बनाएको जानकारी गराएका हुन् । सोही क्रममा  ओझाले ईभी गाडीहरू छोटो दूरीको लागि मात्र हो भन्ने मान्यतालाई गलत साबित गरेको बताएका छन् ।

उनले भने, ‘ईभी गाडीहरू छोटो दूरीको लागि मात्र हो भनेर भनिन्छ तर हामीले जुन लक्ष्य हासिल गर्‍यौ त्यो ३ हजार २ सय २५ किलो मिटर थियो । काठमाडौंदेखि कन्याकुमारीसम्म ईभी चलाउँदा ध्यान दिनुपर्ने एक दुई वटा कुरा मध्य हाइ भोल्टेज ब्याट्री व्यवस्थापन गर्ने सिस्टम हो । तीन रात र चार दिन हामी गाडीमै सुत्यौ ।’

यसै गरी,  कशजुले पनि सहजताको हिसाबमा कर्भ इभी एसयूभी कुपेमा गाडी एकदमै राम्रो रहेको भन्दै तीव्र गतिमा गाडी चलाउँदा पनि सजिलै तरिकाले चलेको बताए । 

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  १५:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update