Harsamaya
पटका पट्काउँदा ८ वर्षीय बालकको मृत्यु
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

पर्सा - पर्साको पकहामैनपुर गाउँपालिका–२ मा पटका पट्काउने क्रममा छर्रा लागेर आठ वर्षीय बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय रामगुलाम सहनीका आठ वर्षीय छोरा कुन्दन सहनी रहेका छन्।

प्राप्त विवरणअनुसार आज बिहान ८ बजे आफ्नै घरअगाडि पटका पट्काउने क्रममा पटकाको छर्रा बालकको छातीको बीच भागमा लागेको थियो। छर्रा लागेपछि गम्भीर घाइते भएका बालकलाई तत्काल उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल लगिएको थियो।

अस्पताल पुर्‍याइएका बालकलाई चिकित्सकले बिहान ८ः४५ बजे मृत घोषणा गरेका थिए।

पटका पट्काउने क्रममा भएको उक्त घटनाले स्थानीय क्षेत्रमा दुःखद अवस्था सिर्जना गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: सोमबार, कात्तिक २३, २०८३  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update