Harsamaya
राष्ट्रपति पौडेलद्वारा गाईको पूजा
गाई पूजा गर्दै राष्ट्रपति रामचन्द्र पौडेल ।

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले गाईतिहारका अवसरमा गाईको पूजा गरेका छन् । 

राष्ट्रपति भवन शीतल निवासमा कात्तिक कृष्ण औँसी अर्थात् गाईतिहारका दिन आज बिहान उनले देवी लक्ष्मीको प्रतीकका रूपमा गाईको विधिपूर्वक पूजा गर्नुभएको हो । सो अवसरमा उनले गाईलाई खानेकुरा पनि खुवाए ।

तिहारमा समृद्धि र सौभाग्यको प्रतीकका रूपमा गाईको पूजा गरी सम्मान व्यक्त गर्ने धार्मिक तथा सांस्कृतिक परम्परा रहेको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २३, २०८३  १०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update