Harsamaya
टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु 
सांकेतिक तस्वीर: हर समय/Har Samaya

बुटवल- रुपन्देहीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार  जिल्लाको बनगाइ–मर्चवार सडक खण्डको मायादेवी गाउँपालिका ७ गरगट्टिमा लु २ ख २४७४ नम्बरको टिप परले विपरीत दिशातर्फबाट आउँदै गरेको लु ४० प २३७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा एक जना घाइते भएका छन् ।

घटनामा  मोटरसाइकलमा सवार सम्मरीमाई गाउँपालिका ५ बस्ने २० वर्षीय समीर खान र कोटहीमाई गाउँपालिका ७ बस्ने १८ वर्षीय शिवनाथ ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ।

सोही मोटरसाइकलमा सवार मर्चवार गाउँपालिका ५ बस्ने १७ वर्षीय अमित यादव  सामान्य घाइते भएका छन् । ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

प्रकाशित मिति: शनिबार, असार ७, २०८२  २१:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update