बुटवल - पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्किबासस्थित विनयी खोलाको बाढीले यात्रुबाहक बस बगाएको छ ।
गए राति करिब ११ बजेतिर तीन बच्चासहित ३८ जना यात्रु बोकेर पूर्वबाट बर्दिया तर्फ जाँदै गरेको भे १ ख ४०८५ नम्बरको बस बगाएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डिएसपी मधु नेपालले बसमा सवार सबै यात्रुहरुको सकुशल उद्धार गरिएको जानकारी दिए ।
बाढीले बगाएको बस करिब एक किलोमिटर तल फेला परेको इलाका प्रहरी कार्यालय दुम्किबासका प्रहरी निरीक्षक राजन तिमिल्सेनाले बताए ।
गत पुसमा भारतीय ओभरलोड ट्रकले पुल भत्किएपछि यो सडकमा डाइभर्सन बनाइएको थियो । तर वर्षासँगैको बाढीले पटक–पटक डाइभर्सन बगाउँदा यातायात अवरुद्ध हुने गरेको छ ।
डाइभर्सन बगाएकाले यातायात अवरुद्ध छ । दुम्किबासबाट दाउन्नेतर्फको सडक हिलाम्य भएकाले गाडीहरू उकालो चढ्न नसकेर बिच बाटोमै अलपत्र छन् ।