
दैलेख - जलजलेमा १.१२ अर्ब घनमिटर मिथेन ग्यासको भण्डार पुष्टि भएको छ। चिनियाँ भूगर्भ कम्पनीले पहिलो कुइँनेटोबाट संकलित नमुनाको परीक्षणपछि यो तथ्य सार्वजनिक गरेको हो। प्रारम्भिक अनुमानअनुसार बाँकी तीन कुइँनेटोहरूमा ४३० अर्ब घनमिटर ग्यास हुन सक्नेछ।
२०७८ साल वैशाख २८ बाट सुरु भएको अन्वेषण कार्य नेपाल–चीनबीच २०१९ मा भएको समझदारीपछि सुरु गरिएको हो। पेट्रोलियम अन्वेषण आयोजना प्रमुख दिनेशकुमार नापितका अनुसार यो नेपालमा अहिलेसम्मकै सबैभन्दा वैज्ञानिक र गहिरो ड्रिलिङ्ग हो।
ग्यासको गुणस्तर र व्यावसायिक सम्भाव्यता अध्ययन भइरहेको छ भने अन्तिम प्रतिवेदन २०२५ डिसेम्बरमा आउनेछ। यसपछि व्यावसायिक उत्पादन परीक्षण सुरु गरिनेछ।
स्थानीयस्तरमा रोजगारी र आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ। यस परियोजनालाई नेपालको ऊर्जा आत्मनिर्भरता तर्फको ऐतिहासिक अवसरको रूपमा हेरिएको छ।