 
                                                            काठमाडौं - आज २०८२ असार ५ गते बिहीबार । आजको दिन ग्रह-नक्षत्रको प्रभाव अनुसार कोहीलाई सफलता त कोहीलाई सम्हालिनुपर्ने चेतावनी लिएर आएको छ। आजको दिनलाई सकारात्मक सोच र विवेकले अघि बढाउनुहोस् । पढ्नुहोस् तपाईँको आजको राशिफल :-
मेष : सुरुमा केही खर्च लागे पनि सोचेको काम बन्नेछ। व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ। टाढाको यात्रा गर्ने मौका छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । साथीभाइसँग मन प्रसन्न रहनेछ । तपाईंको अथाह प्रयास र परिवारका सदस्यहरूको समसामयिक सहयोगले इच्छित परिणाम ल्याउने थियो। असन्तुलित खानपानले पेटको समस्या आउने समय छ।
वृष : आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन्। मेहनत गर्दा अवसर भने पाइनेछ।दाम, नाम, इनाम हात पर्ने बेला छ । श्रमको उचित मूल्यांंकन हुनेछ । पढाइमा पनि प्रगति हुने समय छ । मित्रहरूले तपाईँलाई कोही विशेष व्यक्तिसँग परिचय गराउनेछन् जसले तपाईँको विचारमा केही उल्लेखनीय प्रभाव पार्न सक्छ। जवानहरूले स्कुल परियोजनाहरूको लागि केही सल्लाह माग्न सक्छन्।
मिथुन : स्वास्थ्यमा सुधार आउनेछ। व्यापार व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ । आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । पढाइ लेखाइमा प्रगति हुनेछ । नयाँ व्यवसाय सुरु गर्ने मौका छ। महत्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ।आफ्ना भावनाहरू र विशेष गरी रिसलाई नियन्त्रण गर्ने प्रयास गर्नुहोस्। जीवन र कामको विषयमा आफ्नो दृष्टिकोणमा नैतिक र पूर्णतावादी हुनुहोस्।
कर्कट : प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। परिवारको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ। श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ। रोकिएका अधुरा कामहरु सुचारु हुनेछन् । धेरैले तपाईँका कामको तारिफ गर्नेछन् । लामो समयपछि साथीभाइसँग भेट हुँदा मन प्रसन्न रहनेछ । आज एउटा राम्रो कार्यको परिणामले कामका शत्रुहरू तपाईँका साथी हुन सक्छन्।
सिंह : रमाइलो यात्राको अवसर जुट्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ। अप्ठ्यारा कामको बोझ थपिने सम्भावना छ। सोचेको भन्दा आम्दानी बढ्ने देखिन्छ । परिवारको सहयोग मिल्नेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । व्यापार व्यवसायबाट केही लाभ मिल्नेछ । आमाबाबुको बेवास्ता गर्नाले आफ्नो भविष्य बिग्रिन सक्छ।
कन्या : प्रशंसकहरू बढ्नेछन् र मानसम्मान समेत पाइनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै वशमा ल्याउन सकिनेछ। सहयोगीहरू जुट्नाले व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ। सुखदुखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । आफन्तको सहयोगले महत्त्वपूर्ण कामहरु सफल हुनेछन् । परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।
तुला : सोचेको आटेको कामहरु बन्नेछन् । व्यवसायमा थप लगानी बढाउन सकिनेछ ।आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने समय छ। पैत्रिक सम्पत्तिको उपयोगबाट थप फाइदा उठाउन सकिनेछ। प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ। वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा बदलिने छ। यात्राको अवसर जुट्नेछ । र
वृश्चिक : समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने बेला छ । स्वास्थ्यमा सुधार आउनेछ । विगतका कमजोरी सच्याउने मौका मिल्नेछ। विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। व्यापार ब्यबसायबाट लाभ मिल्नेछ।धार्मिक काममा व्यस्त रहनुपर्नेछ । रमाइलोमा समय बित्नेछ । आफ्नो निराशावादी मनोवृत्तिको कारण तपाईं कुनै प्रगति गर्न असमर्थ हुनुहुन्छ।
धनु : नयाँ काम गर्ने अवसर मिल्नेछ । सामाजिक मानसम्मान र प्रतिष्ठा बढ्नेछ । जागिरमा पदोन्नति हुनेछ । काममा सुधार आउनुका साथै आस मारेको काम बन्नाले उत्साहित भइनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। समुदायको हितमा गरिएका कामको तारिफ हुनेछ। राजनीतिमा आफ्नो बर्चस्व बढाउन सकिनेछ । आफ्नो खर्च नियन्त्रण गर्ने प्रयास गर्नुहोस् ।
मकर : परोपकारी काममा रुचि बढ्नेछ । सामान्य कामबाट राम्रो लाभ उठाउन सकिनेछ। लगनशीलताले महत्वपूर्ण काम दिलाउन सक्छ। मानसम्मान पनि पाइनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। साथीभाइसँग रमाइलोमा समय बित्नेछ । आफ्नो खर्च नियन्त्रण गर्ने प्रयास गर्नुहोस् - र आज आवश्यक वस्तुहरू मात्र किन्नुहोस्। आफ्नो परिवारका साथ र सहयोग प्राप्त हुनेछ ।
कुम्भ : अध्ययन अध्यापनमा प्रगति हुनेछ। बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ। रमाइलो यात्राको योग रहेको छ। सहयोगीहरूले काममा साथ दिनेछन । आँटेका काम पनि सजिलै बन्नेछन । कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ । अध्ययन अध्यापनमा प्रगति हुनेछ। बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ। रमाइलो यात्राको योग रहेको छ।
मीन : विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ।साथीभाईसंग भेट हुँदा मन प्रसन्न रहनेछ । व्यापार व्यवसायमा प्रशस्त लाभ मिल्नेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । तपाईँको अथाह प्रयास र परिवारका सदस्यहरूको समसामयिक सहयोगले इच्छित परिणाम ल्याउने थियो।


 
                                                 
                                                ![मेनस्ट्रीमका मिडियाले मेरो सामूहिक बलात्कार र हत्या गरे : खगेन्द्र सुनार [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/350X220/Khagendra-1761903117.jpg) 
                                                 
                     
                     
                     
                     
                     
                    