जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भन्यो - भोटेकोशी आसपासका बासिन्दा सतर्क रहनू

काठमाडौं - जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भोटेकोशी नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।
बुधबार एक सूचना जारी गर्दै प्रशासनले असार ३ गते देखि ७ गतेसम्म चीनको भोटेकोशी नदी भई बग्ने तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुन सक्ने सम्भावना रहेको भनी चिनियाँ प्रहरी कार्यालयबाट सूचना प्राप्त भएकोले भोटेकोशी र सुनकोशी नदी आसपास महानुभावहरूमा सतर्कता अपनाउन अनुरोध गरेको छ ।
प्रकाशित मिति: बुधबार, असार ४, २०८२ १४:०१
प्रतिक्रिया दिनुहोस्