गीत : माया

दिएर माया लाएर प्रीति कहिले सकिन्न
नौ लाख प्रीति लगाए पनि माया त रित्तिन्न
मिलन हुँदा लाग्छ यो माया स्वर्गमा पुगेझैँ
बिछोड हुँदा लाग्छ यो माया मुटुमा रेटेझैँ
नौडाँडा पारी छेकिए पनि माया त छेकिन्न
यो मुटुभित्र बस्दछ माया हेरेर देखिन्न
आकाशभन्दा फराक हुन्छ मायाको सीमाना
लाएको माया जीवनभरि बिर्सन सकिन्न
- यामकुमारी श्रेष्ठ रावाबेसी–६ खोटाङ (स्रष्टा शिक्षिका हुनुहुन्छ।)
यो पनि पढ्नुहोस
प्रकाशित मिति: शनिबार, जेठ ३१, २०८२ ०७:२५
प्रतिक्रिया दिनुहोस्