Harsamaya
कविता: मेरो देश
ग्राफिक्स: हर समय/Har Samaya

हिमाली लेक पहाडी भेग तराई सम्म छ 
पूर्वमा मेची पश्चिम काली देशको सीमा छ
 
हिमाल हाम्रो चाँदी झैँ राम्रो हिउँको पर्खाल 
विश्वका सामु स्वर्गझैँ लाग्छ सुन्दर नेपाल 

पहाडी भेग डाँडा र पाखा उकालो ठाडो छ 
बत्तिसथरी गुराँस फुल्दा प्रकृति रङ्गिन्छ

हिमाल उच्च पहाडी पाखा सम्म छ तराई  
नेपाली भई जन्मिँदा आज गर्व छ मलाई  

बहुल जाति भाषा र धर्म संस्कृति विशाल  
विभिन्न थरी फुलेको फूलझैँ रङ्गीन नेपाल

गण्डकी कोशी कर्णाली भेरी मेची र काली छ
तराई हाम्रो अन्नको भण्डार सुनको थाली छ ।       

- यामकुमारी श्रेष्ठ रावाबेसी–६ खोटाङ (स्रष्टा शिक्षिका हुनुहुन्छ।)                                                           

प्रकाशित मिति: शनिबार, जेठ २४, २०८२  ०६:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update