-1740107679.png)
काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध अख्तियारमा उजुरी परेको छ । महानगरको कार्यालयमा जडान गरिएको लिफ्टमा अनियमितता भएको दाबीसहित अधिवक्ता युवराज सफलले साहविरुद्ध अख्तियारमा उजुरी दिएका हुन् ।
‘काठमाडौं महानगरपालिकाले नयाँ लिफ्ट जडान गरेकोप्रति म उजुरीकर्ताको विरोध होइन । तर, लिफ्ट जडान गर्दा सार्वजनिक खरिद ऐन, २०६३ को दफा -११ बोलपत्रसम्बन्धी व्यवस्था र सार्वजनिक खरिद नियमावली, २०६४ विपरीत बिना प्रतिस्पर्धा विना टेन्डर र बिना कोटेसन, अपारदर्शी, अनियमित तरिकाले जोडिएकोप्रति मेरो आपत्ति हो । सामान्यतया सरकारी वा सार्वजनिक निकायले कुनै खरिद वा निर्माण गर्दा बोलपत्र आह्वान गर्नुपर्ने कुरा अनिवार्य नै हो,’ उजुरीमा भनिएको छ ।
महानगरले जोडेको नयाँ लिफ्टसम्बन्धी सबै कागजात झिकाएर छानबिन गर्न पनि उजुरीमा माग गरिएको छ ।