Harsamaya
वीरगञ्‍जमा कार  डिभाइडरमा ठोक्किँदा एकको मृत्यु, तीन घाइते 
पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. १४ मा कार दुर्घटना ।

रौतहट - पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. १४ मा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

गण्डकबाट बसपार्क तर्फ जाँदै गरेको बीआर ५५ बी ९१०४ नम्बरको भारतीय कार आइतबार दिउँसो करिब ३:१० बजेको समयमा पिपरास्थित रेनुका पेट्रोल पम्प नजिकै अनियन्त्रित भई सडक खण्डको बीचमा रहेको डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको  प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवा भट्टका अनुसार दुर्घटनामा परि अन्दाजी ३० वर्षीय बिटु सर्राफको मृत्यु भएको हो । दुर्घटनामा घाइते हुनेमा कार चालक भारत, बेतिया नरकटियागञ्ज निवासी करिब ४० वर्षीय गणेश सर्राफ त्यसैगरी, सोही स्थानका २० वर्षीय रतन सर्राफ र अर्को एक २१ वर्षीय बिटु सर्राफ रहेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा घाइते भएकाको बारास्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको  छ । घटनास्थलबाट दुर्घटनाग्रस्त कार नियन्त्रणमा लिएको र घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  १७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update