बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं - बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१० मध्यबानेश्वर बस्ने झापा मेचीनगर नगरपालिका-१५ घर भएका ५६ वर्षीय ध्रुव प्रसाद भेटवाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट जेठ ७ गते उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१० मध्यबानेश्वरबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाइएको छ ।
प्रकाशित मिति: शनिबार, जेठ २४, २०८२ २०:२५
प्रतिक्रिया दिनुहोस्