Harsamaya
सशस्त्र प्रहरीले बरामद गर्यो १५ लाख बराबरको अवैध कपडा 
सशस्त्रले गर्यो ठूलो परिमाणमा अवैध कपडा बरामद ।

जनकपुरधाम  - धनुषा जिल्लाको धनौजी गाउँपालिका–१ लखौरी सीमा इलाका नजिकै सशस्त्र प्रहरी बल नेपाल र भन्सार कार्यालय जनकपुरको संयुक्त टोलीले ठूलो परिमाणमा अवैध कपडा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दीबासको विशेष सूचनाको आधारमा भारतबाट भन्सार छली ल्याउँदै गरेको १५ लाख बराबरको कपडा संयुक्त टोलीले बरामद गरेको हो। बरामद कपडा आवश्यक कारबाहीको लागि शुक्रबार जनकपुर भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बल मधेश प्रदेशको प्रमुख डिआईजी कृष्ण ढकालले सशस्त्र प्रहरी बललाई सीमा क्षेत्रमा सक्रिय भएर तस्करी नियन्त्रण गर्न कडा निर्देशन दिएका छन्। 

डिआईजी ढकाल मधेश प्रदेश सशस्त्र प्रहरी प्रमुखको रूपमा हाजिर भएदेखि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा सक्रियता बढाएको छ । डिआईजी ढकालले राजश्व छली, तस्करी, आपराधिक क्रियाकलापहरू विरुद्ध शून्य सहनशीलताको नीति अपनाउन प्रदेशभरिका सशस्त्र प्रहरीलाई कडा निर्देशन दिएको बताएका छन् । 

उनले आर्थिक, राजनीतिक ,सामाजिक कुनै किसिमको दबाब प्रभावमा नपरेर काम गर्न निर्देशन दिएका छन्।

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२  १८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update