गगन र शेखरबीच छलफल

काठमाडौं - कांग्रेस महामन्त्री गगन थापा र वरिष्ठ नेता डा. शेखर कोइरालाबीच भेटघाट भएको छ ।
झन्डै एक वर्षपछि गगन र शेखरबीच भेटघाट भएको हो । डा. कोइरालालाई भेट्न शुक्रबार बिहान महामन्त्री थापा उनको सम्पर्क कार्यालय बालुवाटार पुगेका हुन् ।
पछिल्लो समय कोइराला र थापाबीच छलफल ठप्प भएको थियो । भेटमा कोइराला र थापाबीच पार्टीको पछिल्लो गतिविधिका बारेका छलफल भएको कोइरालाका स्वकीय सचिव दिनेश चन्द्र थपलियाले जानकारी दिए । भेटमा उपसभापति धनराज गुरुङ र सहमहामन्त्री जीवन परियार पनि सहभागी थिए ।
प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२ १९:०३
प्रतिक्रिया दिनुहोस्