Harsamaya
हातमा मेहन्दी, नाकमा नथिया र पाउजु लगाएकी नवविवाहिताको शव फेला, हत्या भएको आशंका

रौतहट - रौतहटमा हातमा मेहंदी, नाकमा सुनको नथिया, गोडामा चाँदीको पाउनु लगायत विभिन्न किसिमका गहना लगाएकी, श्रृंगारबाट सजिएको एक महिलाको हत्या भएको आशंका गरिएको छ।

फिक्का हरियोमा सेतो बुट्टा भएको कुर्था सुरूवाल लगाएको, दुबै खुट्टामा सेतो धातु चाँदी जस्तो देखिने पायल (पाउजु) लगाएको, बाँया हातको नाडीको भागमा रातो रङ्गको धागो बाँधेको, बाँया हातको औँलाको भागमा मेहन्दी लगाएको, नाकमा  नथिया लगाएको, खुट्टाको औलामा आकाशे रङ्गको नङ्ग पालिस लगएको, हल्का बैगनि रङ्गको लेडिज सेन्डल चप्पल १ जोर, उचाइ ५ फिट २ इन्च, शारीरिक बनावट पातलो, विशेष पहिचान वर्ण गहुँ गोरो , रंग अर्थात् तराईको नवविवाहताको शंकास्पद हत्या भएको आशंका गरिएको हो।

बिहीबार अपरान्ह जिल्लाको पूर्वीभेग दुर्गा भगवती गाउँपालिका–५ स्थित झाझ खोलाको झोलुङ्गे पुलको छेउमा एकिन नाम थर वतन नखुलेको वर्ष २०/२५ को नवविवाहिता महिलाको शव झाडीमा घोप्टो अवस्थामा प्रहरीले फेला पारेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपककुमार रायले बताएका छन् ।

अनुहार चिन्न सकिने अवस्थामा नरहेको, मृतक महिलाको घटनास्थल शव जाँच मुचुल्का लगायतको कार्य सम्पन्न गरी मृतकको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरको शव गृहमा राखिएको छ।

सुरक्षित राखिएकोमा मृतक महिलाको शव हाल सम्म सनाखत हुन नसकेकोले मृतक महिलालाई पहिचान गर्न सक्ने व्यक्तिले जिल्ला प्रहरी कार्यालय रौतहटको मोबाइल फोन नम्बर ९८५५०४०९९९, ९८५५०९०३७४ र हटलाईन सेवा १०० मा फोन सम्पर्क गरि जानकारी गराउनको अनुरोध गरिएको छ ।  

प्रवक्ता तथा डिएसपी रायका अनुसार घटना शंकास्पद नै रहेको छ। एक दुई दिन अघि कसैले हत्या गरी महिलाको शव त्यहाँ फालेर गएको हुन सक्ने अनुमान गरिएको छ। तत्काल घटना बारे अनुसन्धान भइरहेको छ । पोस्टमार्टम रिपोर्ट आएर अनुसन्धान सकेपछि घटना बारे यकिनका साथ भन्नसक्ने प्रवक्ता रायले जानकारी दिएका छन्।

यसरी नवविवाहिता महिलाले लगाउने सम्पूर्ण गहना लगाएको र श्रृंगार समेत गरेको अवस्थामा शव बरामद हुनु आफैँमा एउटा ठूलो घटनाको संकेत दिइरहेको छ। तराई मधेशमा पछिल्लो समयमा दाइजो लगायतको विभिन्न कारणले नव विवाहिताको हत्या गर्ने घटनामा वृद्धि भएको छ।

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  १६:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update