Harsamaya
दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाउने, बाँदर, बँदेल र निलगाई नियन्त्रण गरिने
संसदमा बजेट पेश गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेल । 

काठमाडौं - सरकारले दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाउने नीति लिएको छ । बिहीबार उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटमा यसकालागि विभिन्न कार्यक्रमको व्यवस्था गरिएको बताएका हुन् । उनले भने,दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाउने नीति लिएको छौँ ।

बजेटमा यसका लागि विभिन्न कार्यक्रमको व्यवस्था गरिएको छ ।’ प्राङ्गारिक मलको प्रवर्द्धन गरी अर्गानिक फलफूल र तरकारीको उत्पादन गरिने पनि जानकारी दिए । अर्थमन्त्री पौडेलका अनुसार विभिन्न जिल्लामा समस्याका रूपमा रहेको बाँदर, बँदेल, निलगाईको नियन्त्रण गरिने र प्रभावित क्षेत्रमा अदुवालगायत खेती प्रवर्द्धन गरिने भएको छ । चार करोड २८ लाख माछाका भुरा उत्पादन गरिने कार्यक्रम पनि बजेटबाट आगामी वर्षमा ल्याउन लागिएको उनले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update