Harsamaya
विदेशी विद्यार्थीहरूलाई निःशुल्क भिसा
संसदमा बजेट पेश गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेल । 

काठमाडौं - सरकारले विदेशी विद्यार्थीहरूलाई निःशुल्क भिसा उपलब्ध गराउने घोषणा गरेको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८२ को बजेट प्रस्तुत गर्दै विदेशी विद्यार्थीले नेपालमा पढ्न आउँदा अध्ययन अवधिभरका लागि निःशुल्क भिसा उपलब्ध गराउने घोषणा गरेका हुन् । विश्वविद्यालयहरूमा विदेशी विद्यार्थीलाई समेत आकर्षित गर्ने नीति लिइने अर्थमन्त्री पौडेलले बताए ।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update