सामाजिक सुरक्षा भत्तामा १ खर्ब ९ अर्ब बजेट विनियोजन

काठमाडौं - सरकारले सामाजिक सुरक्षा भत्ताको लागि १ खर्ब ९ अर्ब बजेट विनियोजन गरेको छ । बिहीबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै ज्येष्ठ नागरिक लगायत लक्षित वर्गलाई सामाजिक सुरक्षा भत्ता दिने उद्देश्यले उक्त १ खर्ब ९ अर्ब बजेट विनियोजन गरेको जानकारी गराएका हुन् । उनले भने,ज्येष्ठ नागरिक लगायत लक्षित वर्गलाई सामाजिक सुरक्षा भत्ता दिने उद्देश्यले एक खर्ब नौ अर्ब रकम विनियोजन गरिएको छ ।’ त्यस्तै सरकारले शिक्षकहरूलाई आवधिक रूपमा तालिम दिने घोषणा समेत गरेको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२ १६:३१
प्रतिक्रिया दिनुहोस्