कर्मचारीले गरेको बदमासीको आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्दैन - रामहरि खतिवडा (भिडियोसहित)
काठमाडौं - नेपाली काङ्ग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्रीले पठाएको एउटा कर्मचारीले गरेको बदमासीको आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने कुरा जायज नभएको बताए । अख्तियारमा मुद्दा परेकै भरमा राजीनामा दिने परम्पराको विकास गर्न नहुने बताए ।
उनले भने, ‘गृहमन्त्रीले पठाएको एक कर्मचारीले गरेको बदमासीका आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने कुरा जायज छैन । अख्तियारमा मुद्दा परेकै भरमा राजीनामा दिने परम्पराको विकास गरिनु राम्रो भएन । यस अगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल हुँदा एकजना मुख्य सचिवलाई अख्तियारले मुद्दा चलायो, प्रधानमन्त्रीले राजीनामा दिए त ?’
प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२ २०:५६
प्रतिक्रिया दिनुहोस्
थप भिडियो
साताको लोकप्रिय