रामेछापमा धारिलो हतियार प्रहार गरेर बुहारीको हत्या

रामेछाप - रामेछापमा ससुराले धारिलो हतियार प्रहार गरि बुहारीको हत्या गरेका छन् ।
मन्थली नगरपालिका–१२ गेलुमा शुक्रबार दिउँसो ससुरा शम्भु बुढाथोकीले २८ वर्षाीय पवित्रा बुढाथोकीलाई धारिलो हतियार प्रहार गरि हत्या रेको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए ।
काठमाडौंमा बस्दै आएकी बुहारी आफ्नो छोरा लिन मन्थली १२ सिक्राल घरमा आएकी थिइन् ।
ससुराले छोरालाई आफूसँग पठाउन नमानेपछि विवाद भएको थियो ।
पवित्राको ९ वर्षको छोरा हजुरबुबासँग बस्दै आएका थिए । मृतक पवित्राको श्रीमान् खम्बबहादुर बुढाथोकीले गएको साउनमा आत्महत्या गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२ २२:०३
प्रतिक्रिया दिनुहोस्