यार्सा टिप्न गएका पुरुष खोलामा खसेर बेपत्ता

मुगु - यार्सा टिप्न गएका एक पुरुष बेपत्ता भएका छन्। मुगूम कार्मारोङ गाउँपालिका-५ सेरोग गाउँका ४० वर्षीय सेराप साङ्बु लामा बेपत्ता भएका हुन्।
लामा यार्सा सङ्कलनका लागि पाटन क्षेत्रतर्फ जाँदै गर्दा लडेर खोलामा परेको जिल्ला प्रहरी कार्यालय, मुगुका डिएसपी सरोज गिरीले जानकारी दिए ।
लामा बुधबार बेलुका साढे ८:३० बजेतिर वडा नम्बर २ को मुगुखोलामा राखिएको काठेपुल तर्दा चिप्लिएर नदीमा खसेका थिए । प्रहरी र स्थानीय मिलेर खोजे पनि उनी अहिलेसम्म भेटिएका छैनन्।
प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२ २१:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय