Harsamaya
४ लाख बढी ठगीमा २१ वर्षे ठिटो पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - ठगीमा संलग्न रहेको अभियोगमा एक ट्राभल्स एजेन्सी सञ्चालक पक्राउ परेका छन् ।

गिल्ट ट्राभल्स एण्ड टुर्स प्रालिका संचालक काठमाडौं महानगरपालिका–२६ लैनचौर बस्ने २१ वर्षीय श्रृजेश कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । 

कार्कीले जर्मनीमा हुन लागेको अन्तर्राष्ट्रिय अपाङ्गता सम्मेलन–२०२५ मा सहभागी हुने व्यक्तिहरूको लागि हवाई टिकट, टर्कीको ट्रान्जिट भिसा र होटल बुकिङ समेत गरी दिन्छु भनि नक्कली कागजातहरू बनाई ४ लाख ३० हजार रुपैयाँ ठगी गरेको जनाइएको छ ।

सो ठगी पछि आएको जुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  १६:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update