Harsamaya
सिद्धिविक्रम शाह एआईजी बढुवाका लागि सिफारिस 
आईजी सिद्धिविक्रम शाह ।

काठमाडौं – नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) को बढुवा सिफारिस गरिएको छ ।

मंगलबार बसेको बढुवा सिफारिस समितिको बैठकले डीआईजी सिद्धिविक्रम शाहलाई एआईजी बढुवाका लागि सिफारिस गरिएको हो । 

आगामी जेठ ११ गतेबाट एआईजी लालमणि आचार्य अनिवार्य अवकाशमा जाने भएपछि त्यसको एकसाता अघि नै शाहलाई सिफारिस गरिएको हो । 

शाह हाल नेपाल प्रहरीको विशेष ब्यूरो प्रमुख छन्।

siddibikram-1747759812.jpg
 


 

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  २२:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update