Harsamaya
एआईजी राजन अधिकारी चढेको गाडी दुर्घटनाग्रस्त
दुर्घटनाग्रस्त गाडी ।

उदयपुर - प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजन अधिकारी चढेको सरकारी गाडी उदयपुरमा दुर्घटनामा परेको छ। बा.एए ७४७३ नम्बरको टोयोटा फर्च्युनर गाडी दिउँसो दुर्घटनामा परेको हो। घटनामा गम्भीर मानवीय क्षति नभए पनि गाडीमा भने क्षतिग्रस्त भएको छ । 

एआईजी अधिकारी ताप्लेजुङस्थित पाथिभारा मन्दिर दर्शनका लागि पूर्वतर्फ जाँदै गर्दा उदयपुरको जंगल क्षेत्रमा गाडी दुर्घटना भएको हो। यद्यपि, दुर्घटनाबारे प्रहरी निकायबाट कुनै औपचारिक जानकारी दिइएको छैन। घटनालाई अत्यन्त गोप्य राखिएको छ। जसले भ्रमण व्यक्तिगत थियो भन्ने अनुमान लगाइएको छ ।   

जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपीले आफ्नै जिल्लामा एआईजीको आगमनबारे जानकारी नभएको प्रतिक्रिया दिएका छन्। यसले घटनालाई अझ रहस्यमय बनाएको छ।गाडीमा कति जना सवार थिए। दुर्घटनाको कारण के थियो । र एआईजी अधिकारी सुरक्षित छन् वा छैनन् भन्नेबारे यकिन विवरण सार्वजनिक गरिएको छैन। 

हालसम्म घटनाको विस्तृत विवरण सार्वजनिक भइनसकेकोले अनुसन्धान तथा आधिकारिक प्रतिक्रिया आउन बाँकी छ।

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  २०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update