
काठमाडौं - हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशको पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली र बाँकी भू–भागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहेको छ ।
कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
देशका उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । मधेश प्रदेश लगायत कोशी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशको तराईका भू–भागका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
आज राती भने कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत बाँकी तराई भू–भागका थोरै स्थानहरूमा र बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
देशका उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। मधेश प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशको तराईका भू–भागका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।