
काठमाडौं - साफ यु १९ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ । नेपाल भारतसँग ४–० गोल अन्तरले पराजित भएको हो । समूह चरणको अन्तिम खेलमा जित निकालेको भारत समूह विजेता बन्न सफल भएको हो । पराजित भएसँगै नेपाल उप विजेता बनेको छ ।
भारतको अरुणान्चलस्थित गोल्डेन जुबिली रंगशालामा भएको खेलको २८ औँ मिनेटमा रोहेन सिंहले गोल गरे । यो गोल भएको एक मिनेट बित्न नपाउँदै ओमाङ्ग डोडुमले गोल गर्दा भारतले २–० को अग्रता बनायो । पहिलो हाफमा २–० ले पछि परेको नेपाल दोस्रो हाफमा पनि खेलमा फर्कन सकेन । भारतले एकपक्षीय दबाब बनायो। ७६ औँ मिनेटमा रोहेनले व्यक्तिगत दोस्रो गोल गरे । भारत यतिमा मात्र रोकिएन । ८४ औँ मिनेटमा ड्यानी मिटेले अर्को एक गोल थपे। यो सँगै नेपालले भारतसँग फराकिलो अन्तरको हार बेहोरेको छ ।
भारतले यसअघि श्रीलंकालाई ८–० ले हराएको थियो । आयोजक ६ अङ्क सहित समूह विजेता बन्न सफल रह्यो । नेपालले यसअघि श्रीलंकालाई ५–० ले हराएको थियो। ३ अङ्क सहित नेपाल समूहको दोस्रोमा छ । अब सेमिफाइनलमा शुक्रवार भारतले समुह ‘ए’ को उपविजेता माल्दिभ्ससँग र नेपालले समुह ‘ए’ को विजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।