Harsamaya
अमेरिकाले हटायाे सिरियामाथिको प्रतिबन्ध
साउदी अरेबियाको राजधानी रियादमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ।

रियाद - अमेरिकाले सिरियामाथिको प्रतिबन्ध हटाउने घोषणा गरेको छ । साउदी अरेबियाका राजधानी रियादमा बोल्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाविरुद्ध लगाइएका सबै प्रतिबन्ध हटाउने घोषणा गरेका हुन् । राष्ट्रपति  ट्रम्प आफ्नो दोस्रो कार्यकालको पहिलो आधिकारिक विदेश भ्रमण अन्तर्गत मंगलबारदेखि साउदी अरेबियाको भ्रमणमा छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले साउदी अरेबियालाई अमेरिकाको सबैभन्दा बलियो साझेदार भन्दै भ्रमणको पहिलो दिन नै साउदी अरेबियासँग १ सय ४२ अर्ब डलरको हतियार सम्झौता सार्वजनिक गरेका छन् । ट्रम्पले २०१७ मा आफ्नो पहिलो कार्यकालको सुरुआत पनि साउदी अरेबियाको भ्रमणबाट गरेका थिए ।

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२  ०७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update