Harsamaya
धार्मिक सम्प्रदायमा असर पार्ने भिडियो बनाएको भन्दै युवक पक्राउ
गौर नगरपालिका वडा नम्बर ४ टिकुलियाका १६ वर्षीय युवक साजिद खान ।

रौतहट - धार्मिक सम्प्रदायमा असर पार्ने किसिमको भिडियो बनाएर सामाजिक  संजालमा पोष्ट गरेको आरोपमा रौतहट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । 

साम्प्रदायिक सद्भावमा असर पुर्याएको आरोपमा प्रहरीले गौर नगरपालिका वडा नम्बर ४ टिकुलियाका १६ वर्षीय युवक साजिद खानलाई पक्राउ गरेको हो । 

साम्प्रदायिक सद्भावमा असर पार्ने किसिमको भाषा प्रयोग गरि खानले  भिडियो बनाएर सामाजिक संजालमा आइतबार राती पोष्ट गरेका थिए । सो भिडियो सामाजिक संजालमा भाइरल भएपछि तत्काल पक्राउ गरी कारबाही गर्न यहाँका अगुवाहरूले माग गरेका थिए । 

प्रहरीले सोमबार बिहान खानलाई पक्राउ गरि अनुसन्धान थालेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक नेत्रमणी गिरीले सामाजिक संजालमा सद्‍भाव बिग्रिने भिडियो पोष्ट गरेका युवकलाई गौरबाट नियन्त्रणमा लिएको बताए ।

यस विषयमा आवश्यक अनुसन्धान गरेर आवश्यक कानुनी कारबाही गरिने उनले जानकारी दिए । धार्मिक सद्‍भाव बिगार्ने किसिमको कार्य नगर्न जिल्ला प्रहरी कार्यालय रौतहटले आग्रह गरेको छ ।
 

प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  १५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update