Harsamaya
इन्द्रावती अध्यक्ष कपमा कुन टिमका को को खेलाडी उत्कृष्ट भए ? 
इन्द्रावती अध्यक्ष कपको उपाधि उचाल्दै वडा नम्बर ९ का खेलाडीहरू ।

इन्द्रावती - इन्द्रावती गाउँपालिकाद्वारा आयोजना गरिएको चौथो इन्द्रावती गाउँपालिका स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. ९ ले जितेको छ। उपाधिसँगै वडा ९ ले नगद एक लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

आइतबार सम्पन्न फाइनल खेलमा वडा ९ ले वडा १० लाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो। खेलको दोस्रो हाफमा वडा ९ का जर्सी नम्बर ८ का खेलाडी सुशील तामाङ (छ्युमी) ले निर्णायक गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। उनको गोल नै उपाधि चुम्न निर्णायक सावित भयो।

सेमिफाइनलमा वडा ९ ले वडा ११ लाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो। उक्त खेलमा रोशन तामाङ (छ्युमी) ले निर्णायक गोल गरेका थिए।

प्रतियोगिता वैशाख २६ गतेदेखि इन्द्रावती रंगशालामा सुरु भएको हो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न विधामा पुरस्कृत गरिएको छ।

विवेक श्रेष्ठ (वडा ९) — उत्कृष्ट गोलरक्षक

बिमल तामाङ (वडा १०) — उत्कृष्ट डिफेन्डर

मदन तामाङ (वडा ९) — उत्कृष्ट स्ट्राइकर

अमित माझी (वडा ११) — सर्वोउत्कृष्ट गोलकर्ता (५ गोल)

रोशन तामाङ (वडा ९) — उत्कृष्ट खेलाडी

सुशील तामाङ (वडा ९) — उत्कृष्ट मिडफिल्डर

समापन समारोहमा पुरस्कार वितरण गर्दै इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपाल ले खेलकुद क्षेत्रलाई समृद्धिको आधार बताउँदै खेल क्षेत्रमा बजेट वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  २२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update