Harsamaya
चौथो इन्द्रावती अध्यक्ष कपको उपाधि वडा नम्बर ९ लाई
इन्द्रावती गाउँपालिका स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा ९ ले जितेपछि

काठमाडौं - इन्द्रावती गाउँपालिकाद्वारा आयोजित चौथो इन्द्रावती गाउँपालिका स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा ९ ले जितेको छ।

आइतबार भएको फाइनल खेलमा वडा नम्बर ९ ले वडा  नम्बर १० लाई १-० गोलले पराजित गरेको हो।

खेलको दोस्रो हाफपछि इन्द्रावती ९ का जर्सी नम्बर ८ का खेलाडी सुशील तामाङ छ्युमीले एक गोल गर्दै वडालाई अग्रता दिलाए । उनले नै गरेको गोल उपाधि चुम्न निर्णायक बन्न पुग्यो।

इन्द्रावती ९ ले इन्द्रावती ११ लाई सेमिफाइनलमा हराउँदै फाइनलमा प्रवेश गरेको थियो।

सेमिफाइनल खेलमा इन्द्रावती ११ लाई १-० गोल गर्दै फाइनल प्रवेश गरेको हो।

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  १६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update