Harsamaya
युक्रेनमा निसर्त युद्धविरामको आह्वान
युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयन ।

ब्रसेल्स - युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले युक्रेनमा बिना शर्त ३० दिनको युद्धविराम लागू गर्न आह्वान गरेकी छिन् । युक्रेनमाथि रुसी हमला बढीरहेको बेला उनले युद्धविरामको घोषण नगरिए रुसले थप कडा प्रतिबन्धको सामना गर्नुपर्ने चेतावनी समेत दिएकी छन् ।

उनले सामाजिक सञ्जाल एक्स मार्फत “हामी ३० दिनको पूर्ण र बिना शर्त युद्ध विराम प्रस्तावलाई समर्थन गर्दछौँ ।” उनको यो भनाइ फ्रान्स, जर्मनी, बेलायत र पोल्यान्डका नेताहरूले युक्रेनको भ्रमण गरी युद्धविरामका लागि रुसमाथि दबाब दिन आह्वान गरिरहेका बेला सार्वजनिक गरिएको हो ।

लेयनले लेखेकी छिन् ,“रुससँग शक्ति भए पनि हामी उसमाथि कडा दबाब कायम राख्नेछाैँ । यदि युद्ध विराम उल्लङ्घन भयो भने थप कडा प्रतिबन्ध लगाउन तयार छौं ।”

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि युक्रेनमा युद्धविरामका लागि निरन्तर आग्रह गरिरहेका छन् । तर, क्रेमलिनले आफ्नो आक्रमण रोक्ने कुनै संकेत नदिएको र पश्चिमी देशहरूले युक्रेनलाई हतियार आपूर्ति रोक्न नसकेसम्म युद्ध विराम असम्भव हुने चेतावनी दिएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  ०९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update