ओखलढुङ्गामा करेन्ट लागेर एक मजदुरको मृत्यु
                            
                            
                                                        
                                                     
                                                            रामेछाप - ओखलढुङ्गामा करेन्ट लागेर एक मजदुरको ज्यान गएको छ ।
जिल्लाको खिजीदेम्बा गाउँपालिका–८ रावाटोलमा ट्रान्सफर्मर चार्ज गर्ने क्रममा करेन्ट लागेर कैलालीको हसुलिया–४ का ३० वर्षका बिन्दु चौधरीको सोमबार करेन्ट लागेर ज्यान गएको हो ।
चौधरी सिग्माकोण प्रालि काठमाडौंको ठेक्कामा रहेको विद्युत् विस्तार आयोजनाको मजदुर थिए । चौधरीको शव ट्रान्सफर्मरमा झुण्डिरहेको अवस्थामा फेला परेको प्रहरी निरीक्षक मनिष लुइँटेलले जानकारी दिए ।
घटनास्थल जिल्ला सदरमुकामबाट सबैभन्दा टाढा र दुर्गम क्षेत्र रामेछाप जिल्लाको सिमानामा पर्दछ । अहिले ओखलढुङ्गाका ग्रामीण क्षेत्रमा केन्द्रीय विद्युत् लाइन विस्तारको काम भइरहेको छ ।
 
प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  ०९:१७
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    

 
                                                 
                                                ![मेनस्ट्रीमका मिडियाले मेरो सामूहिक बलात्कार र हत्या गरे : खगेन्द्र सुनार [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/350X220/Khagendra-1761903117.jpg) 
                                                 
                     
                     
                     
                     
                     
                    