
काठमाडौं - नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले भारतको उडिसास्थित कलिंगा इन्स्चिट्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) मा अध्ययनरत नेपाली विद्यार्थी प्रिशा शाहको मृत्यु कसरी भयो यसको छानबिन गर्न आवश्यक रहेको बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले १२ सय नेपाली अध्यन रहेको उक्त विश्वविद्यालयमा यस्ता घटनाहरू संयोग मात्र हुन् की अगाडि पछाडि कुनै कारण लुकेको छ यसमा स्पष्ट खोजनीति हुनुपर्ने बताएका हुन् ।
उनले भने, ‘पहिले प्रकृति लम्सालको दुःखद निधन भयो । त्यसको पीडा र घाउ सेलाउन नपाउँदै अर्की नेपाली छात्राको मृत्युको दुःखद खबरले हामी नेपालीहरू स्तब्ध भएका छौं । भारतको उडिसा स्थित कलिङ्गा इन्सिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा बिए प्रथम वर्षमा अध्ययनरत छात्रा प्रिसा साहको दुःखद मृत्यु भएको छ । १२ सय नेपाली अध्ययन रहेको उक्त विश्वविद्यालयमा यस्ता घटनाहरू संयोग मात्र हुन् की अगाडि पछाडि कुनै कारण लुकेको छ यसमा स्पष्ट खोजनीति होस् ।’