
काठमाडौं - हाल गण्डकी प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागमा साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। कोशी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग् र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
आज राती भने देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । देशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको हिमाली भूभागका एक–दुई स्थानमा स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।