Harsamaya
पश्चिमी  तथा स्थानीय वायुको प्रभाव कायमै,  सुदूरपश्चिम , कर्णाली , लुम्बिनी  र गण्डकी प्रदेशमा वर्षा
सांकेतिक तस्वीर: हर समय/ Har samaya

 काठमाडाैं - हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै बङ्गालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ।

देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। कोशी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका हिमाली भू(भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको पनि सम्भावना रहेको छ।

आज राती भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  ०७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update