Harsamaya
प्रधानमन्त्रीले बोलाए सत्तारुढ दलको बैठक, आन्दोलनरत शिक्षकहरूको मागबारे छलफल हुने

काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरूको बैठक बोलाएका छन् । आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा शिक्षक आन्दोलन, सरकारको नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल हुने सचिवालयले जनाएको छ ।आन्दोलनरत शिक्षकहरूसँग नियमित वार्ता भइरहेको भए पनि सहमति जुट्न सकेको छैन ।

सत्तारुढ दलहरूको बैठकले तत्काल मन्त्रिपरिषदबाट गर्न सकिने निर्णय र सरकारले पूरा गर्न सक्ने मागहरूका विषयमा आन्तरिक परामर्श गर्नेछन् । शिक्षकहरूको आन्दोलनले नयाँ शैक्षिक सत्रको भर्ना अभियान प्रभावित भएको छ । कक्षा १२ को परीक्षा र एसइईको उत्तर पुस्तिका जाँचको काम पनि प्रभावित भएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  ०८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update