Harsamaya
पश्चिमी  र स्थानीय वायुको  प्रभाव : मधेस प्रदेशमा वर्षाकाे सम्भावना, देशभर तापक्रम बढ्दै
सांकेतिक तस्वीर: हर समय/Har Samay

काठमाडौं - हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका अधिकांश स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम बढिरहेको अवस्था छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार साथै कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । हाल गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज मधेस प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङको सम्भावनाका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न  आवश्यक सतर्कता अपनाउन हुन महाशाखाको अनुरोध छ । 

राति भने कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी प्रदेश र मधेश प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरुमा तथा बागमती प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश ,बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा स्थानमा हल्का वर्षा र  हिमपातको सम्भावना रहेको छ । 

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  ०७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update