Harsamaya
उपसचिव हुँ भन्दै ठगी गर्ने दैलेखकी जानुका पक्राउ
जानकी न्यौपानेला

काठमाडौं - आफूलाई कानुन मन्त्रालयको उपसचिव हुँ भन्दै ठगी गर्ने महिला पक्राउ परेकी छिन् ।  दैलेख दुनेचौर गाउँपालिका -५ हाल ललितपुर - २५  बस्ने ४० वर्षीया जानकी न्यौपानेलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले सोमबार त्रिपुरेश्वरबाट पक्राउ गरेको हो । 

उनले विभिन्न व्यक्तिलाई फरक फरक परिचय दिई आफू कानुन मन्त्रालयको उपसचिव हूँ, हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत छु, भन्दै  विमानस्थलको विभिन्न शीर्षकमा ठेक्का मिलाई दिन्छु भन्दै राजस्व र धरौटी रकम जम्मा गर्नुपर्छ भनी ७ लाख ६० हजार ८०० हजार ठगी गरेको आरोपमा उनी पक्राउ परेकी हुन् ।

उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ।


 

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  ०७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update