Harsamaya
अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने

काठमाडौं - शिक्षक संगठन पछि निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने भएका छन् ।

निजामती कर्मचारीसम्बद्ध ट्रेड युनियनहरूले सरकारसमक्ष १० बुँदे माग अघि सारेर आन्दोलनमा उत्रने चेतावनी दिएका हुन ।

आज काठमाडौंमा एक पत्रकार सम्मेलन गरी ६ वटा ठूला साना संगठनले निजामती क्षेत्रका माग अविलम्ब पूरा नगरे चरणवद्ध आन्दोलनको चेतावनी दिएका हुन । यसअघिका मागसमेत जोडेर उनीहरूले चरणबद्ध आन्दोलनमा जाने घोषणा गरेका हुन् ।

यसरी आन्दोलनको चेतावनी दिनेमा नेपाल निजामती कर्मचारी संगठन, कर्मचारी युनियन, राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन, स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन र मधेशी कर्मचारी मञ्च रहेका छन् ।

निजामती सेवा ऐन निर्माण प्रक्रियामा सरोकारवाला पक्षको अर्थपूर्ण छलफल हुनुपर्ने र समग्र कर्मचारीको साझा हित हुनुपर्ने उनीहरूको भनाइ छ ।

nijamati--1744542249.jpg

11-1744542283.jpg

3-1744542283.jpg

प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  १६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update