सर्बिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
                            
                            
                                                        
                                                    
                                                            काठमाडौं - वैदेशिक रोजगारीमा आकर्षक तलवको प्रलोभनमा पारी सर्विया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
कागेश्वरी मनोहरा नगरपालिका–४ बस्ने भक्तपुर, भक्तपुर नगरपालिका–५ घर भएका २८ वर्षीय सुरेश माकलाई प्रहरीले पक्राउ गरेको हो ।
सुरेशले सर्बिया पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट ३२ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बौद्धबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
 
प्रकाशित मिति: बिहीबार, चैत २१, २०८१  १८:४६
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
