आगजनी, तोडफोड र लुटपाट गर्ने ४१ जना पक्राउ
                            
                            
                                                        
                                                    
                                                            काठमाडौं - काठमाडौंको तीनकुने क्षेत्रमा भएको आगजनी, तोडफोड र लुटपाट गर्ने ४१ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंले गत शुक्रबार राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईको नेतृत्वमा राजावादी समूहसहितको संयुक्त आन्दोलनका क्रममा उनीहरूले तीनकुने र कोटेश्वर क्षेत्रमा लुटपाट, आगजनी तथा तोडफोड गर्नेहरूलाई पक्राउ गरेको हो ।
संगठित रुपमा राज्य विरुद्धको कसूर, आपराधिक उपद्रव लगायतका अपराधमा संलग्न ४१ जना प्रतिवादीहरू पक्राउ गरिएको परिसरका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  २२:२७
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
