करिब २ महिनापश्चात् खुल्यो सेतोपुलको सार्वजनिक शौचालय
-1741572492.png)
काठमाडौं - काठमाडौं महानगरपालिका वडा नम्बर २९, सेतोपुलमा रहेको सार्वजनिक शौचालय पुन: खुलेको छ । बन्द भएको करिब २ महिनापश्चात् शनिबारबाट शौचालय पुन सञ्चालनमा आएको हो ।
वडाध्यक्ष कुश ढकालले पानी तान्ने मेसिन बिग्रेर शौचालय बन्द रहेको बताएका थिए । एक हप्तामा खुल्छ भने पनि मर्मतपछि २ महिनामा शौचालय खुलेको हो । वडाले शौचालय प्रयोग गरेबापत दिसा गरेको १० र पिसाब गरेको ५ रुपैयाँ लिने गरिन्छ ।
सार्वजनिक शौचालय निशुल्क गर्ने काठमाडौं महानगरको नीति विपरीत वडाले शुल्कसहित शौचालय सञ्चालन गरेको हो । शौचालय सञ्चालन गर्ने पैसा महानगरले नदिएसम्म सशुल्क गर्ने वडाध्यक्ष ढकालले बताए । वडाले एक वर्ष अघि ८ लाख खर्चेर शौचालय निर्माण गरेको हो ।
प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१ ०७:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय