करिब २ महिनापश्चात् खुल्यो सेतोपुलको सार्वजनिक शौचालय
सोमबार, फागुन २६, २०८१
सार्वजनिक शौचालय निशुल्क गर्ने काठमाडौं महानगरको नीति विपरीत वडाले शुल्कसहित शौचालय सञ्चालन गरेको हो । शौचालय सञ्चालन गर्ने पैसा महानगरले नदिएसम्म सशुल्क गर्ने वडाध्यक्ष ढकालले बताए । वडाले एक वर्ष अघि ८ लाख खर्चेर शौचालय निर्माण गरेको हो ।
सेतो पुल छेउमा रहेको सार्वजनिक शौचालय अझै खुलेन
मंगलबार, फागुन १३, २०८१
वडाध्यक्ष कुश ढकालले आइतबारबाटै सार्वजनिक शौचालय खुल्छ भनेपनि अझै नखुलेको हो । सोमबार हर समयसँगको टेलिफोन संवादमा उनले भने, ‘म खुलाउन लागेको छु अझै एक दुई दिन समय लाग्छ ।’
सेतोपुलको सार्वजनिक शौचालय महिनौंदेखि बन्द
बिहीबार, फागुन ८, २०८१
काठमाडौंकै वडामा रहेको शौचालयको मेसिन बिग्रेर शौचालय नै महिनौ बन्द हुनु भनेको लाजमर्दो कुरा हो । तर सार्वजनिक शौचालय भने महिनौं देखि बन्द रहेको स्थानीयवासीले गुनासो गरेका छन् । उक्त शौचालयमा दिशा गरेको १० रुपैयाँ र पिसाबको ५ रुपैयाँ लिने गरिएको थियो ।
साताको लोकप्रिय

-1741572492.png)