Harsamaya
किसानका लागि खुसीको खबर : कृषि एम्बुलेन्सले अब उपज बजारसम्म पुर्‍याउने
सूर्य नेपाल प्रालिले शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकालाई एक–एक थान कृषि एम्बुलेन्स प्रदान।

तनहुँ - स्थानीय किसानहरूका लागि ठूलो राहत हुनेगरी सूर्य नेपाल प्रालिले शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकालाई एक–एक थान कृषि एम्बुलेन्स प्रदान गरेको छ।

२६ लाख मूल्यका यी एम्बुलेन्सहरूले किसानहरूले उत्पादन गरेका कृषि उपजलाई सहज रूपमा बजारसम्म पुर्‍याउन सहयोग गर्नेछन्। मानव संशाधन विभाग प्रमुख अन्जान दुवाडीले शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितलाई औपचारिक रूपमा एम्बुलेन्सको साँचो हस्तान्तरण गरे।

नगर प्रमुख पण्डितका अनुसार अब गाउँगाउँबाट निश्चित तालिका बनाएर कृषि उपज सङ्कलन गरी बेलचौतारास्थित कृषि सङ्कलन केन्द्र सञ्चालन गरिनेछ। साथै, किसानहरूले न्यूनतम शुल्कमा कृषि एम्बुलेन्सको सेवा उपयोग गर्न सक्नेछन्, जसले व्यावसायिक कृषि उत्पादनलाई प्रवर्द्धन गर्नेछ।

नगरपालिकाका उपप्रमुख खुमबहादुर विकले कृषि केन्द्र सञ्चालनका लागि आवश्यक कार्यविधि तयार भइसकेको जानकारी गराउँदै सामुदायिक भवनहरूलाई कृषि सङ्कलन केन्द्रका रूपमा विकास गरिने बताए। कृषि एम्बुलेन्सको प्रयोगले किसानहरूलाई उपज बजारसम्म पुर्‍याउन सजिलो बनाउने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  १५:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update