Harsamaya
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै (कार्यसूचीसहित)
संसद भवन नयाँबानेश्वर ।

काठमाडौं - प्रतिनिधि सभाको बैठक आज बस्दै छ । आज अपरान्ह १ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धी कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगको २४औं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ भने व्यवस्थापन कार्य अन्तर्गत आज उर्जामन्त्री दिपक खड्काले ' नवीकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धी विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।

Parliament(7)-1741311098.jpg
 

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  ०७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update