सहायक लेखा अधिकृतको निधनपछि बलेफी गाउँपालिकामा शोक बिदा
सिन्धुपाल्चोक - बलेफी गाउँपालिकामा कार्यरत सहायक लेखा अधिकृत विश्वज्योति कोइरालाको असामयिक निधन भएपछि गाउँपालिकाले बुधबार शोक बिदा दिएको छ।
गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै कोइरालाको मंसिर १ गते निधन भएको जनाएको हो।
गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङद्वारा जारी सूचनाअनुसार दिवंगत कोइरालाको आत्माको चिरशान्तिको कामना गर्दै मंसिर २ गते बुधबार गाउँपालिका र मातहतका सम्पूर्ण कार्यालय तथा शैक्षिक संस्थामा शोक बिदा दिइएको छ।
शोक बिदाका कारण कार्यालय बन्द रहने भएकाले सेवाग्राहीमा पर्न जाने असुविधाप्रति गाउँपालिकाले क्षमासमेत मागेको छ।
प्रकाशित मिति: मंगलबार, मंसिर १, २०८३ २०:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

