Harsamaya
ज्यान मुद्दामा २५ वर्ष कैद सजाय तोकिएकी महिला पक्राउ
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

नवलपरासी - नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय तोकिएपछि फरार रहेकी एक महिला पक्राउ परेकी छन्।

पक्राउ पर्नेमा रामग्राम नगरपालिका–५ ड्राइभरटोल निवासी ४५ वर्षीया हदिसुन नेशा रहेकी छन्।

नवलपरासी जिल्ला अदालतले २०८१ फागुन १२ गते कर्तव्य ज्यान मुद्दामा नेशालाई २५ वर्ष कैद सजाय हुने फैसला गरेको थियो। तर, फैसला कार्यान्वयनका क्रममा कैद सजाय भुक्तान नगरी उनी फरार रहँदै आएकी थिइन्।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा उनलाई पाल्हीनन्दन गाउँपालिका–५ चमनटोलमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।

पक्राउपछि उनलाई फैसला कार्यान्वयनका लागि नवलपरासी जिल्ला अदालतमा उपस्थित गराइएको थियो। अदालतको आदेशअनुसार उनलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, मंसिर १, २०८३  २०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update