माछा मार्न गएका युवकको मृत्युपछि पूर्वपश्चिम लोकमार्ग अवरुद्ध
                            
                            
                                                        
                                                     
                                                            सुनसरी - कोशी गाउँपालिकामा माछा मार्न गएका एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाका अनुसार कोशी - ३ का ४५ वर्षीय इसराफिल मियाँको करेन्ट लागेर मृत्यु भएको हो ।
प्रारम्भिक जानकारी अनुसार करेन्ट लागेर मृत्यु भएको जस्तो देखिए पनि मृतकको पोस्टमार्टम रिपोर्ट आएपछि घटनाबारे विस्तृतमा जानकारी प्राप्त हुने उनले बताए ।
घटना पश्चात् आक्रोशित आफन्त तथा स्थानीयवासीले पूर्वपश्चिम लोकमार्ग अवरुद्ध गरेका छन् । घटनास्थल पुगेका सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले घटनाका बारेमा छानबिन गरी यथार्थ विषय सार्वजनिक गरिने बताए ।
प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  १६:३२
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    

 
                                                 
                                                ![मेनस्ट्रीमका मिडियाले मेरो सामूहिक बलात्कार र हत्या गरे : खगेन्द्र सुनार [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/350X220/Khagendra-1761903117.jpg) 
                                                 
                     
                     
                     
                     
                     
                    