Harsamaya

बागलुङ - बागलुङको प्रसिद्ध शक्तिपीठ मालिका भगवती मन्दिरको पुनर्निर्माण थालिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ५४ लाख बजेटबाट सुरु भएको पुनर्निर्माण कार्यले मन्दिरलाई तीन तलाको प्यागोडा शैलीमा नयाँ स्वरूप दिनेछ।

भक्तपुरको परम्परागत काठ कुदाइयुक्त झ्याल, ढोका, ललितपुरका कालीगढले कुँदेको ढुङ्गा र तामाको छानो सहित मन्दिरलाई कलात्मक रूपमा पुनःनिर्माण गरिँदैछ। बागलुङको कालिका मन्दिरको बहिनी मानिने मालिका भगवती मन्दिरले ऐतिहासिक र धार्मिक महत्वलाई नयाँ स्वरूपमा पुनर्जागरण गर्दैछ।

प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  १५:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update